बनाउँदा-बनाउँदै पाइप बम विष्फोट दुई घाइते, एक गम्भिर


६ जेष्ठ २०७६, सोमबार
pipe

पर्वत, ६ जेठ । बनाउँदा–बनाउँदै पाइप बम विष्फोट हुँदा पर्वतमा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

जिल्लाको बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विष्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका छन् । घाइतेमध्ये घर्तीको अवस्था गम्भीर छ ।

पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले घर्तीले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा आइतबार साँझ विष्फोट भएको जानकारी दिएका छन् ।

विष्फोटबाट गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घर्तीले बनाएको बम विष्फोट हुँदा नजिकै रहेका १६ वर्षीया किशोर समीर राना घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ । घाइते रानाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७