काठमाडौं टोखामा ‘खुंखार डाका’ कालेमाथि प्रहरी ‘इन्काउण्टर’

घुँडामुनि गोली हानेर समातियो


६ जेष्ठ २०७६, सोमबार
incounter

काठमाडौं, ६ जेठ । काठमाडौंमा कहिलिएका एक ‘खुंखार’ डाका प्रहरी इन्काउण्टरमा परेका छन् ।

पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह शाहीको घरमा डकैती गरेका काले भनेर चिनिने विष्णु तामाङ्गलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । उनलाई काठमाडौंको टोखामा इन्काउण्टर गरी समातेको हो ।

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ पुगेको थिए । उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले बताएका छन् ।

‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ । त्यसपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थापाले बताएका छन् ।

थापाका अनुसार उनको दायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङमाथि ६ वटा अपराधका घटनालाई लिएर खोजी भइरहेको थियो । उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजायपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीले दावी गरेको छ । अहिले उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७