युद्धग्रस्त देश लिवियामा अलपत्र परेका १५ नेपालीको उद्दार (नामावलीसहित)


६ जेष्ठ २०७६, सोमबार
Libya

काठमाडौं, ६ जेठ । इटली लैजाने प्रलोभन देखाउँदै अवैध मार्गबाट युद्धग्रस्त देश लिविया पुर्‍याइएका अलपत्र १५ जना नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।

डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई दूतावासको पहलमा उद्धार गरेर अन्तर्राष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

uddar

नेपाली एजेण्टहरुबाटै गएका उनीहरुलाई एजेण्टले लिवियामा पुर्‍याएपछि अलपत्र पारेर छाडेको थियो । पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्कीको उद्दार गरेर अन्तर्राष्ट्रिय श्रम संगठन (आइओएम) राखिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, सबै कामदारलाई नेपाल फर्कने हवाई टिकट समेत शरण दिइरहेको आइओएमले नै मिलाई दिने व्यवस्था गरेको छ । एक साताअघि पनि दूतावासले सात जनालाई लिवियाबाटा उद्धार गरेर नेपाल पठाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७