सरकारले नयाँ व्यवसायीको लगानी र सुरक्षा ग्यारेन्टी गर्ने


१५ जेष्ठ २०७६, बुधबार
yuvraj khatiwada

काठमाडौं, १५ जेठ । नयाँ सोचका साथ कुनै पनि व्यवसाय गर्न चाहने नागरिकलाई सरकारले सघाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६ र ७७ को बजेटमार्फत सरकारले त्यस्ता उद्यमीका लागि लगानी सुरक्षित गर्ने गरी च्यालेन्ज फण्ड बनाउने अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरेका छन् ।

‘नयाँ सोच भएका तर लगानी डुब्छ कि भन्ने भयमा सार्वजनिक नभएका व्यवसायिक सोचलाई प्रवर्धन गर्न सरकारले यस्तो व्यवस्था ल्याएको हो । फण्डमा कति रकम हुने र कुन मोडलबाट लगानी सुरक्षाको ग्यारेन्टी गरिने भन्ने चाहिँ बजेटमा उल्लेख छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७