राप्रपाको विस्तारित बैठक बस्ने, २२ बुँदे मागबारे छलफल हुने


३ असार २०७६, मंगलवार
foto

काठमाडौैं, ३ असार । राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा नेपाल सरकार समक्ष प्रस्तुत २२ बुँदे माग, सरकारसँग भएको पहिलो चरणको वार्ता, पार्टीले सञ्चालन गरेको जनसंघर्षका कार्यक्रम, दुई चरणको राष्ट्रिय स्वाभिमान यात्रा एवं समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्नेछ ।

बैठकमा अध्यक्ष कमल थापाबाट समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा विषयमा राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र लिङ्देनबाट संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन, महामन्त्री भाष्कर भद्राबाट सचिवालय सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलबाट आर्थिक प्रतिवेदन पेश हुनेछ ।

विस्तारित बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्यसमितिका अध्यक्षहरु, केन्द्रीय विभाग र भातृ संगठनका प्रमुखहरु र ७७ वटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहनेछ । बैठकमा प्रदेश अध्यक्ष, भातृ संगठनका प्रमुख र जिल्ला अध्यक्षहरुबाट सांगठनिक र भावी कार्य योजना सम्बन्धी प्रतिवेदन पनि पेश हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७