गुठी विधेयक फिर्ता प्रक्रिया नै शुरु नै भएन


५ असार २०७६, बिहीबार
guthi 3

काठमाडौं, ५ असार । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक २०७५ फिर्ता लिएको घोषणा गरे पनि त्यसको प्रक्रिया शुरु भएको छैन ।

राष्ट्रियसभामा पुगेको गुठी विधेयक फिर्ता लिन मन्त्री अर्यालले प्रस्ताव राख्नु पर्छ । उनको प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएपछि मात्रै विधेयक फिर्ता हुन्छ ।

मन्त्रालयले विधेयक फिर्ता लिनुपर्नाको कारणसहितको पत्र संसद सचिवालयमा पठाएपछि मात्र प्रक्रिया अघि बढ्छ । तर मंगलबार विधेयक फिर्ता लिएको घोषणा गरेको मन्त्रालयले संसद सचिवालयलाई त्यसको जानकारीसहितको पत्र पठाएको छैन । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७