सार्वजनिक गाडीमै बालिकामाथि यौन दुर्व्यवहार, समाजका अगुवाले नै गराए मिलापत्र


५ असार २०७६, बिहीबार
Rape for nayapage

काठमाडौं, ५ असार । कानुनतः यौन हिंसा जस्ता फौजदारी घटनामा मिलापत्र गर्न–गराउन निषेध छ ।

खासगरी बालिकामाथि भएको यौन हिंसालाई त शून्य सहिष्णुताको श्रेणीमा राखिएको छ । तर, व्यवहारमा बालिकालाई यौन दुर्व्यवहार गर्नेलाई मिलापत्र गरेर उन्मुक्ति दिनेहरु पनि स्वतन्त्र घुमिरहेका छन् । 

काभ्रेको महाभारत गाउँपालिकाकी एक बालिकालाई यौन दुर्व्यवहार गर्ने अभियुक्तलाई शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले मिलापत्र गराएका थिए ।

गोकुलेस्थित स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अहेव बुद्धिदास श्रेष्ठले २०७६ जेठ १२ गते दिउँसो १३ वर्षीया बालिकालाई सार्वजनिक सवारी साधनभित्रै यौनाङ्गमा चोट पुग्ने गरी दुर्व्यवहार गरेका थिए ।

पीडकले पीडितलाई एक लाख रुपैयाँ दिने र पीडितले कतै मुद्दा नदिने शर्तमा जेठ १४ गते कागज गराएर सहमति गरिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७