काउटिन्होले भने, ‘बार्सिलोनामा मेरो भबिष्य अनिश्चित छ’


५ असार २०७६, बिहीबार
Philippe Coutinho

काठमाडौं, ५ असार । बार्सिलोनाका प्लेमेकर फिपिल काउटिन्होले क्लबमा आफ्नो भबिष्य अनिश्चित रहेको बताएका छन् ।

ब्राजिलियन फुटबलर काउटिन्हो महँगो मूल्यमा नाउ क्याम्प गएका थिए । तर उनको प्रदर्शन त्यसअनुसार भएन । कोपा अमेरिका खेलिरहेका काउटिन्होले भने, ‘बार्सिलोनामा रहन्छु कि रहन्न थाहा छैन । भबिष्यबारे कसैलाई थाहा हुन्न । अहिले म देशका लागि खेल्न केन्द्रित छु ।’

पछिल्लो समय काउटिन्होलाई पेरिस सेन्ट जर्मेन पठाएर नेयमार बार्सिलोना आउने चर्चा पनि चलेको छ । इंग्लिस क्लबहरुले पनि काउटिन्होप्रति चासो देखाएका छन् । तर २७ वर्षे फुटबलरले म्यानचेष्टर युनाइटेड आउने सम्भावना अस्वीकार गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७