‘रसुवागढी सुरुङमा थुनिएका १७ मजदुर सकुशल छन्, भोली बिहानै उद्दार हुन्छ’


५ असार २०७६, बिहीबार
Jeevan KC DSP


काठमाडौं, ५ असार :  रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा थुनिएका १७ जना मजदुर सकुशल रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) जीवन केसीले बताएका छन् ।

विहिबार साँझ गएको सुख्खा पहिरोको कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरहरु थुनिएका थिए । रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ अकास्मत सुख्खा पहिरो जादा ११ जना नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका छन् ।

डिएसपी केसीले मजदुरहरु सुरक्षित रहेको जानकारी दिए । ‘हामी भर्खरै घटनास्थल पुगेर आयौं । थुनिएका कामदारहरुसँग हाम्रो सम्पर्क भएको छ, आज राती भएको कारण भोली मात्रै उद्दार हुन्छ,’ केसीले नयाँ पेजसँग भने,‘उहाँहरु सुरक्षित हुनुहुन्छ । भोली बिहानै उद्दार गर्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७