काठमाडौंको कान्तिपथमा जीप दुर्घटना, अस्पताल पुर्‍याइएका तीन जना फरार


१४ असार २०७६, शनिबार
accident 3

काठमाडौं, १४ असार । काठमाडौंको कान्तिपथमा आज (शनिबार) विहानै जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

ठमेलतर्फबाट जमल जाँदै गरेको बा. ११ च ३६०४ नम्बरको जीप आज बिहान ६ बजे दुर्घटनामा परेको । द्रुत गतिमा गइरहेको जीप एक्कासी बारमा रोक्किएर उत्तानो परेको हो ।

दुर्घटनालगत्तै स्थानीयले जीपमा रहेका तीन जनालाई उद्धार गरी ग्रान्डी सिटी अस्पतालमा पुर्‍याइएको भए पनि प्राथमिक उपचारपछि तीनै जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

चालकसहित जीपमा रहेका सबै व्यक्तिहरु फरार भएपछि उनीहरुको खोजी गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । उनीहरु किन भागे भन्ने विषयमा आशंका बढेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७