ट्रम्प बने उत्तर कोरियाली भूमि टेक्ने पहिलो वहालवाल अमेरिकी राष्ट्रपति


१५ असार २०७६, आईतवार
trump1

प्योङयाङ, १५ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेट गरेका छन् ।

गत वर्ष हनोई शिखर सम्मेलन विना निष्कर्ष टुङ्गिएपछि दुई नेताबीच पहिलो पटक भेट भएको हो । कुनै पनि वहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको भूमि टेकेको यो पहिलो पटक हो ।

trupm kim

किमको उपस्थितिमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भ्रमण वास्तवमै ऐतिहासिक अवसर भएको बताए । दुई कोरियाको धर्तीमा पाइला राख्नु गर्वको विषय भएको उनले बताएका छन् । सँगै रहेका किमले पत्रकारसँगको दुर्लभ कुराकानीका क्रममा भेटवार्तालाई ट्रम्प र आफूबीचको उत्कृष्ट सम्बन्धको प्रतीकको रुपमा लिएको बताए ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग सिउलमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले किमसँगको भेटवार्ताबारे बताएका थिए । केही दिनअघि मात्र ट्रम्प र किमबीच पत्र आदान प्रदान भएका थिए । त्यसक्रममा दुवै नेताले अवरुद्ध वार्ता फेरि शुरु गर्ने सम्भावना रहेको संकेत गरेका थिए ।

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको निःशस्त्रीकरणमा सहमति जनाए पनि प्रतिबद्धता पालना नगरेको अमेरिकी आरोप छ । उत्तर कोरियाले भने आफ्नो मुलुकमाथिको प्रतिबन्ध हटाउनु पर्ने माग राख्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७