के होला कर्मचारीको चाडपर्वमा भत्ता ?


२३ असार २०७६, सोमबार
karmachari staff covil wNY50lo5Zy

काठमाडौं, २३ असार । निजामती सेवाबाट सेवानिवृत्त कर्मचारीलाई चाडपर्वमा दिइने भत्ता कटौती गर्ने विषयमा सांसदबीच मतभेद देखिएको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा सेवानिवृत्त कर्मचारीलाई दिने चाडपर्व भत्तालाई लिएर समितिमा मतभेद देखिएको हो ।

विधेयको दफा ४७ (२) मा ‘निवृत्तभरण पाउने गरी अवकाश प्राप्त कर्मचारी वा निजको पारिवारिक निवृत्तभरण पाउने व्यक्तिले निजले पाउने एक महिनाको निवृत्तभरण बराबरको रकम चाडपर्व खर्चको रूपमा पाउने’ उल्लेख गरिएको छ ।

अहिले पनि सेवानिवृत्त कर्मचारीले चाडपर्व बापत वर्ष थप एक महिनाको तलब पाउँदै आएका छन् । सांसदले सेवाबाट अवकास पाएका कर्मचारीलाई दिइने चाडपर्वभत्ताले राज्यलाई आर्थिक बोझ मात्रै थुपार्ने भन्दै कटौती गर्न प्रस्ताव गरे । सेवामै रहेका कर्मचारीको मनोबल उच्च पार्न दिइने दसैँभत्ता निवृत्तलाई दिन नहुने सांसदको तर्क छ ।

‘काम गरिरहेकालाई प्रत्साहनका लागि चाडपर्व भत्ता दिइनु ठीकै हुन्छ’, सांसद राजकिशोर यादवले भने, ‘काम गर्नेलाई राज्यले राम्रोसँग पाल्न सकेको छैन । अवकास प्राप्तलाई चडपर्व भत्ता दिने ? यो त हुँदैन म त पेन्सनमै पुनर्विचार गरौँ भन्छु ।’

कांग्रेस सांसद अमरेसकुमार सिंहले सेवा निवृत्तलाई चार्डपर्व खर्च दिँदा जनतालाई नै भार पर्ने तर्क गरे । ‘सेवा निवृत्तलाई भत्ता दिनु भनेको जनतालाई भार पार्नु हो । उनीहरूले सेवा गरेवापत १२ महिनाको पेन्सन पाउँछन्’, उनले भने, ‘चाडपर्व भत्ता दिने भए सबै नेपालीलाई दिऔं ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७