पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक विहे गर्दै


२३ असार २०७६, सोमबार
karki 1

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो बिहे गर्दैछन् । ६२ वर्षीय नेता कार्कीले उत्सव समशेर राणाकी नातिनीसँग बिहे गर्न लागेको जनाइएको छ । यद्यपि बधुको नाम भने खुलाइएको छैन ।

बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । औपचारिक बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।
टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरु मात्र रहेको स्रोतले जानकारी दिएको छ । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको निधन क्यान्सरको कारण भएपछि उनले तेस्रो विवाह गर्नु परेको हो ।
भोजपुरको देउराली घर भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन् । अर्थ र जलस्रोतमन्त्री भइसकेका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए । कार्कीले पहिलो बिहे तेजबहादुर पछाईंकी छोरीसँग र दोस्रो बिहे परीक्षित नरसिंह राणाकी छोरी आवु राणासँग गरेका थिए । हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७