सार्क फिल्म फेस्टिबलमा नेपाललाई दुई अवार्ड, नायिका स्वस्तिमालाई जुरी अवार्ड


२३ असार २०७६, सोमबार
swstima khadka Copy

काठमाडौं, २३ असार । नायिका स्वस्तिमा खड्काले सार्क फिल्म फेस्टिवल’मा ‘स्पेशल जुरी अवार्ड (पर्फमेन्स)’ जितेकी छन् । श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको ‘सार्क फिल्म फेस्टिवल’मा चलचित्र ‘बुलबुल’बाट नायिका  खड्काले ‘स्पेशल जुरी अवाड’ अवार्ड हात पारेकी हुन् ।  

स्वस्तिमाले बुलबुलमा निर्वाह गरेको भूमिकालाई उत्कृष्ट ठर्हयाउँदै जुरीले अवार्ड प्रदान गरेको हो । यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ चलचित्रमार्फत उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

चलचित्र विकास बोर्ड नेपालले यस वर्ष ‘सार्क फिल्म फेस्टिबल’मा ‘प्रसाद’ र ‘बुलबुल’ प्रतिष्पर्धा विधामा पठाएको थियो । ‘हरी’ चलचित्रले भने त्यहाँ सहभागिता मात्र जनाएको थियो ।

swstima khadka 1

नेपालले फेस्टिवलमा विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड प्राप्त गरेको छ । अविनाश विक्रम शाहले निर्माण गरेको छोटो चलचित्र ‘टाटिनी’ले उक्त अवार्ड हात पारेको हो ।

त्यस्तै सर्ट फिल्ममा मनोजबाबु पन्तको ‘अवशेष’ लाई पनि विकास बोर्डले प्रतिष्पर्धामा पठाएको थियो ।  

 

सार्क फिल्म फेस्टिवलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो पुगेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७