भारतीय सेनामा कार्यरत दुई नेपालीको मृत्यु


११ पुष २०७५, बुधबार
Gorkha Rifles Regiments

काठमाडौं,११ पुस । भारतीय सेनाको सुवेदार पदमा कार्यरत दुई नेपालीहरु पाकिस्तानी सेनाको आक्रमणमा मारिएका छन् ।

Gorkha Rifles Regiments

रुपन्देहीको तिलोत्तमा(९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा परेको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका थापाद्वयको निधन श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा भएको हो । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २र८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र दुई छोरा छन् ।

त्यस्तै, ३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् । भारतीय सञ्चार माध्यमले पाकिस्तानले युद्धविराम भंग गर्दै हमला गरेको जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७