रोनाल्डोले मसँग बिताएकाे त्यो रात


९ मंसिर २०७४, शनिबार
Rolando

काठमाडौं : रियालिटी टिभी सोकी चर्चित कलाकार तथा सुपर मोडल नतासा रोड्रिग्वेजले रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूसँग रात बिताएको दाबी गरेकी छिन् ।Rolando ‘रोनाल्डोले अहिलेकी प्रेमिकालाई धोका दिएर करिब आठ महिनाअघि मसँग उनकै अपार्टमेन्टमा रात बिताएका थिए । मैले उनलाई मेरा केही फोटो मेसेज गरेकी थिएँ । उनले फोटो हेरेपछि मेरो नितम्ब मन परेको र प्रत्यक्ष हेर्न मन लागेको भन्दै आफ्नो अपार्टमेन्टमा बोलाए । एकछिन गफ गरेपछि मैले मेरो लुगा खोलेर नितम्ब देखाएँ । त्यो रात एकदमै सुन्दर बितेको थियो,’ नतासाले खुलासा गरिन् ।
रोनाल्डोले उक्त रात आफ्नी प्रेमिकालाई धोका दिन नचाहे पनि आफ्नो नितम्ब देखेपछि सम्हालिन नसकेको बताएको पनि नतासाले थपिन् । नतासाले सो रातपछि भने रोनाल्डोसँग आफ्नो भेट नभएको बताइन् । ‘हामीले केबल एक रात साथमा बितायौँ । त्यो मेरो जिन्दगीको सबैभन्दा विशेष रात थियो । मलाई त्यहीवेला थाहा थियो हाम्रो सम्बन्ध अघि बढ्दैन । तर, म मेरा प्रिय फुटबलरसँग रात बिताउने मौका गुमाउन चाहन्नथेँ,’ उनले थपिन् ।
रोनाल्डो लामो समयदेखि प्रेमिका जर्जिना रोड्रिग्वेजसँग सम्बन्धमा छन् । भर्खरै रोनाल्डो र जर्जिनालाई पुत्रीलाभ भएको छ । नतासाको यो खुलासाले रोनाल्डो र उनकी प्रेमिकाबीचको सम्बन्धमा तिक्तता निम्त्याउने डर व्याप्त छ । तर, यस विषयमा रोनाल्डोले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७