विराट र अनुष्काको लगन जुर्‍यो


९ मंसिर २०७४, शनिबार
birat kohali and anuska sharma विराट कोहली अनुष्का शर्मा

एजेन्सी, भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको अफेयर सम्बन्धी धेरै गसिप बने । कुनै समय दुईको प्रेम सम्बन्ध अन्त्यमा पुगेको पनि समाचार नआएको होेइन । गत वर्षको डिसेम्बरमा पनि यी दुईको विवाहको खबर बाहिरिएको थियो । त्यति बेला विराटले ट्वीटमा उक्त समाचार झुटो भएको बताएका थिए ।

birat kohali and anuska sharma विराट कोहली अनुष्का शर्मा
तर, पछिल्लो केही दिन यता विराट र अनुष्काको बिहेको चर्चा चल्न थालेको छ । भारतीय अनलाइनका अनुसार यही वर्षको डिसेम्बरमा विवाह बन्धनमा बाँधिने भएको छ । डिसेम्बर भित्र हुने भने पनि मिति भने तय भैनसकेको जनाएको छ । दुवैको घरमा विवाहको चाँजोपाँजो गरिरहेको छ । विराटका घर दिल्ली हो । भने, अनुष्काको मुम्बई ।
हालैमा फेशन डिजाइनर सब्यसाची आफ्नो टिमसँग अनुष्काको घर पुगे विवाहका लागि ड्रेस डिजाइन गरेको पनि भारतीय अनलाइले उल्लेख गरेको छ ।
भारतीय सञ्चार माध्यमहरूले विराटले डिसेम्बरका लागि बिदा मागिसकेका छन् । र, अनुष्काले पनि ‘आनन्द एल राय’ को सुटिङ सकाउनुमा हतार गरिरहेको जनाएको छ । शाहरुखले पनि अनुष्कालाई सहयोग गर्न सुटिङमा थप समय दिइरहेका छन् ।
विवाहपछिको विराट र अनुस्काको योजना पनि तय भैसकेको उल्लेख गरेको छ । विवाहपछि नव जोडी मुम्बईको वरलीमा सिफ्ट हुने छन् । त्यसको लागि ३४ करोड एक फ्ल्याट लिइसकेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७