पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण


२१ पुष २०७५, शनिबार
petrol picturer1

जुम्ला, २१ पुस । यहाँ झण्डै डेढ दशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ ।

petrol picturer1

पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पेट्रोलको प्रति लिटर मूल्य रु १३० र डिजेलको प्रति लिटर मूल्य रु ११५ कायम गरिएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १५० र डिजेल रु १३० सम्ममा किनबेच भइरहेको थियो ।

मूल्य निर्धारणसँगै अब जताततै पेट्रोलियम पदार्थको कारोबार नहुने प्रजिअ पौडेलले बताए । विसं २०६२ मा कर्णाली राजमार्ग शुरु भएदेखि हालसम्म पेट्रोलियम पदार्थमा भइरहेको महङ्गी र कालोबजारी बारे कसैको ध्यान पुग्नसकेको थिएन ।

पेट्रोलियम पदार्थ ल्याउने ट्याङ्करको भाडा, अहिलेको मूल्य, मजदूर ज्याला, छिमेकी जिल्लाको मूल्यलाई विश्लेषण गरेर पेट्रोलियम पदार्थको मूल्य तोकिएको हो । बैठकले गरेको पेट्रोलियम पदार्थ सम्बन्धीको निर्णय कार्यान्वयन नगर्ने जो सुकैलाई कार्वाहीको दायरामा ल्याइने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७