कोशीटप्पुमा पानी चराको गणना


२२ पुष २०७५, आईतवार
koshi tappu 1

इनरुवा, २२ पुस । चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोशीटप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपंक्षीको गणना शनिबारबाट शुरु भएको छ ।

koshi tappu 1

सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोशीटप्पु र यस आसपासका इलाकामा जलपंक्षी (पानी चरा) को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले बताए ।

कोशी पंक्षी समाज, हिमाली प्रकृति, नेपाल पंक्षीविद् संघ र कोशीटप्पु वन्यजन्तु आरक्षको अगुवाइमा पानी चराको गणना शुरु भएको हो । प्रत्येक वर्षको अङ्ग्रेजी महिना जनवरीमा गर्ने पानी चरा गणनामा शनिबार पहिलो दिन चतराको सप्तकोशी नदीदेखि कोशीटप्पु वन्यजन्तु आरक्षको उत्तरी सीमाना प्रकाशपुरसम्म गणना गर्ने उनले बताए ।

चराको वास्तविक अवस्था पत्ता लगाई यसको संरक्षणका लागि आगामी रणनीति तयार गर्न सरकारलाई सहयोग गराउने उद्देश्यले चराको गणना शुरु गरेको कोशी पंक्षी समाजका सहसचिव सञ्जीव आचार्यले जानकारी दिए ।

सुनसरीको चतराबाट शुरु गरिएको चरा गणना कोशीटप्पु आसपासका क्षेत्रमा पाँच दिनसम्म चल्ने बताइएको छ । कोशीटप्पु आसपासका क्षेत्रमा चराको काम गर्दै आएका दुई समूहमा गरी जम्मा १४ जनाको टोलीले चराको गणना गर्ने कोशी पंक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक तथा चरा गणना समूहका संयोजक तिम्सिनाले बताए ।

चरा गणनाका लागि गणना टोलीले डुङ्गा, जीप सफारी, क्यामरा, दूरवीन, टेलिस्कोपलगायतका यन्त्र प्रयोग गरेर गणना गर्ने छ । कोशीटप्पुमा विगत सात वर्षदेखि पानी चरा गणना गरिँदै आएको छ ।

कोशीटप्पुमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिको चरा रहेकामा सन् २०१८ मा गरिएको गणनाअनुसार ५६ प्रजातिका पानी चरा पाइएको गणना टोलीका संंयोजक तिम्सिनाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७