बीपीएलमा सन्दिपकाे डेब्यु, अनुभवी स्पिनर इमरान ताहिर बेन्चमा


२२ पुष २०७५, आईतवार
fans confused sandeep

काठमाडौं,२२ पुस । नेपाली लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग (बिपिएल) मा डेब्यु गर्दैछन् । सिलहेट सिक्सर्सको पहिलो खेल कोमिल्ला भिक्टोरियन्स बिरुद्ध सन्दिप प्लेइङ्ग ११ मा परेका छन ।

शेरे बंगला राष्ट्रिय कोमिल्लाले टस जितेपछि सन्दिपको टोलि सिलेटले पहिले ब्याटिंग गर्नेछ । अनुभवी बलर इमरान ताहिरलाइ बेन्चमा राखेर सन्दिपलाइ टिममा राखिएको हो ।

सन्दीपको टिमको कप्तानी अष्ट्रेलियाका पूर्व उप–कप्तान डेविड वार्नरले गर्ने छन् । कोमिल्लाको कप्तानी तामिम इकवालले सम्हाल्नेछन् । सन्दीपको टिम सिक्सर्समा वार्नरसँगै लिटन दास,महोम्मद इरफान, मोहम्मद नवाज, इमरान ताहिर, निकोलस पूरन, सब्बिर रहमान, नासिर हुसैन, आन्द्रे फ्लेचर जस्ता खेलाडी छन् ।

यता स्टार खलाडीले भरिएको कोमिल्लाको कप्तानी तामिम इकवालसँगै,अष्ट्रेलियाका पूव–कप्तान स्टिभ स्मिथ, शाहिद अफ्रिदी, इमरुल कायस, एविन लुईस, मेहदी हसन, सोएब मालिक जस्ता स्टार क्रिकेटर छन् ।

विग ब्यासमा सूरुवाती ४ खेलमा सानदार प्रर्दशन गर्दै सन्दीपले ८ विकेट लिएका सन्दीपले सिक्सर्ससँग पहिला सम्झौता गरेको कारण विग ब्यास छोडोर जनवरी २ मा विपिएल खेल्न गएका थिए ।

सन्दीपले विपिएलमा २३ जनावरी सम्ममात्र खेल्ने छन् । त्सपछि नेपाल र युएईसँग हुने समान तीन ओडीआई र टी–२० सिरीजका लागि सन्दीप दुबई प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७