वाइड वडी प्रकरण : कंसाकार मुख्य दोषी ठहर, निलम्बन गरी कार्वाही गर्न निर्देशन
काठमाडौं, २३ पुस । सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी ठहर गरेको छ ।
समितिले सोमबार आफ्नो प्रतिवेदनसहित दोषी देखिएकाहरुलाई कार्वाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन समेत दिएको छ ।
समितिको बुंदा नम्बर ३ मा ‘वायुसेवा निगमको सञ्चालक समितिका सदस्य सचिव तथा निगमका महाप्रबन्धक भई वाइड बडी विमान खरिद गर्न निगमको नियमावलीको दफा २३६ (२) अनुसार बदनीयतपूर्वक पूरानो विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाई यो प्रकरणमा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बदनीयत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले निजलाई कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्ड सजाय गर्न, कानुनी कार्वाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने ।’
समितिले सरकार र अख्तियारलाई निर्देशन दिँदै कंसाकारसहित अन्य व्यक्तिहरुलाई तत्काल निलम्बन गरी कार्वाही गर्न भनेको छ ।
यो पनि पढ्नुहोस्
बहालवाला र पूर्वमन्त्रीलाई कार्बाही सिफारिस, गृह सचिव ‘निर्दोष’ ठहर
वाइबडी प्रकरण : निष्ठावानमाथि प्रतिशोध साँध्ने हतियार किन बनाइदैछ ?
वाइडबडी खरिद प्रक्रियामा सामेल नभएका सचिव राईलाई पनि कारबाही ?