होटलमा यौन धन्दा चलाउने दम्पती पक्राउ, प्रहरीको छापामा देखियो यस्तो दृष्य


२३ पुष २०७५, सोमबार
sex 1

बुटवल, २३ पुस । यौनधन्दा सञ्चालन गर्दै आएको एक होटल व्यसायी दम्पत्तीलाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।

sex 1

तुल्सीपुर नगरपालिका १४ घर पई सोही नगरपालिका ५ न्युरोडस्थित न्यु फूलवारी होटल सञ्चालक थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो । युवतीहरुलाई ललाई फकाई र करकापमा समेत पारेर जबरजस्ती यौनधन्दा चलाएको आरोपमा पक्राउ गरी कार्वाही चलाएको दाङ्गका प्रहरी प्रमुख एसपी वेल पाण्डेले जानकारी दिएका छन् ।

यौनधन्दाका लागि जबरजस्ती गरिरहेका बेला त्यस होटलबाट एक महिलाले सूचना दिई छापा मार्दा दुई जना महिला रहेको र एक जना भागेको अर्की महिलालाई उद्धार गरिएको पाण्डेले बताएका छन् ।

तुल्सीपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी चौधरी दम्पतीलाई मानव वेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गतको कशुरमा मुद्धा चलाईएको प्रहरी प्रमुखको भनाई छ । उनका अनुसार ती दम्पत्तीले युवतीहरुलाई ललाई फकाई र प्रलोभनमा पारेर बाहिर पनि पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७