फुटबलर वायर्न रुनी पक्राउ


२३ पुष २०७५, सोमबार
runi

काठमाडौं, २३ पुस । म्यानचेस्टर युनाइटेड र इङ्ल्याण्ड टोलीका पूर्व कप्तान वायर्न रुनीलाई अमेरिकाको भर्जिनिया प्रहरीले पक्राउ गरेको छ ।

runi

मदिरा पिएको र सार्वजनिकस्थलमा गाली–गलौज गरेको आरोपमा स्टार फुटबलर रुनी पक्राउ परेका हुन्् । गत महिना उनी पक्राउ परेका हुन् । उनलाई २५ डलर जरिवाना पनि लगाइएको छ । प्रहरीले सोमबार यो घटनाको पुष्टि गरेको हो ।

म्यानचेस्टर युनाइटेड र इङ्ल्याण्ड टोलीका पूर्व कप्तान रहेका उनलाई गत डिसेम्बरमा १६ मा अमेरिकाको भर्जिनियाको प्रहरीले पक्राउ गरेको थियो । समाचारमा बताइएअनुसार रुनीलाई अमेरिकाको डलास एयरपोर्टबाट पक्राउ गरिएको हो । यो एयरपोर्ट डीसी युनाइटेड फुटबल क्लबन जिकै रहेको छ । ३३ वर्षीय रुनी यही क्लबबाट खेल्दै आएका छन् ।

उनलाईलाई निजी मुचुल्काको आधारमा रिहा गरिएको हो । रुनी साउदी अरेबियाको एक कार्यक्रममा भाग लिएर फर्किदै थिए । यो क्रममा उनले मदिराको साथै निद्रा लाग्ने औषधि पनि खाएका थिए । जसको कारण उनी वासिङटन पुग्ने समयमा नशाको हालतमा थिए ।

यसअघि सन् २०१७ को सेप्टेम्बर महिनामा फक्सवागनको कार चलाउँदै गरेको अवस्थामा पक्राउ परेका थिए । जतिबेला उनले तय गरिएको सीमाभन्दा ३ गुणा बढी मदिरापान गरेका थिए । उनलाई त्यसपछि दुई वर्षसम्म गाडी चलाउन प्रतिबन्ध लगाइएको थियो । त्यसका साथै कम्युनिटी सेन्टरमा विना तलब काम गर्न आदेश दिइएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७