‘पतिलाई ब्यागमा राख्न चाहन्छु’


२३ पुष २०७५, सोमबार
deepika padukone

मुम्बई : बलिउडमा सफलताको दोस्रो नाम बनेकी अभिनेत्री दीपिका पादुकोणले शनिबार आफ्नो जन्मदिन पति रणवीर सिंहको साथमा मनाइन् । बिहेपछि उनको यो पहिलो जन्मदिन हो । यही सन्दर्भमा उनको एक भिडियो भाइरल भएको छ । 

deepika padukone

दीपिकाले अन्तर्वार्तामा आफ्नो निजी जिन्दगीसँग जोडिएको केही कुरा खुलासा गरेकी छिन् । पिंकभिलाले लिएको अन्तर्वार्तामा सोधिएको थियो कि– केही तीन नाम बताउनुस्, जसलाई तपाईं आफ्नो ब्यागमा राख्न चाहनुहुन्छ ।’ दीपिकाले भनिन्, ‘मेरा श्रीमान् रणवीर कपुर, बहिनी र आमालाई राख्न चाहन्छु ।’

यसका साथै उनले आफूलाई यात्रा गर्न खुब मनपर्ने र त्यो समयमा आफूलाई चाहिने सबै कुरा ब्यागमा राख्ने गरेको बताइन् । जन्मदिनको अवसरमा दीपिकाले आफ्नो नामको वेबसाइट पनि सार्वजनिक गरेकी छिन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘यो हो मेरो वेबसाइट दीपिका पादुकोण डटकम ।’ 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७