‘ब्रेकअप’पछि नेहा डिप्रेसनमा : भनिन्,‘यति खराब मानिस पनि हुन्छन् भन्ने मलाई थाहा थिएन’


२४ पुष २०७५, मंगलवार
Neha Kakkar

मूम्बई, २३ पुस : बलिउडकी चर्चित गायिका नेहा कक्कर प्रेमी हिमांश कोहलीसँगको ब्रेकअपका कारण डिप्रेसनमा परेकी छिन् । ब्रेकअपका कारण आफू डिप्रेसनको शिकार भएको नेहाले सामाजिक संजालमा खुलासा गरेकी छन्। लेखेकी छन्, ‘म डिप्रेसनमा छु। सबै नकारात्मक मानिसलाई आभार। तपाईंहरु मलाई सबैभन्दा खराब पल दिन सफल हुनुभएको छ। बधाई छ। तपाईं सफल हुनुभयो।’

Neha Kakkar

नेहाले कोहलीसँग ब्रेकअप भएपछि एक भावनात्मक स्टाटससमेत लेखेकी थिइन्। जहाँ लेखिएको थियो, ‘यो दूनियामा यति खराब मानिस पनि हुन्छन् भन्ने मलाई थाहा थिएन।’ नेहाले आफूले आफ्नो सबै कुरा दिएको र त्यसवापत आफूले के पाएँ भन्ने आफैलाई थाहा नभएको पोस्टमा उल्लेख गरेकी थिइन्।

हिमांश कोहलीसँगको ब्रेकअपपछि नेहाले आफूलाई सम्हाल्न निकै प्रयास नगरेकी भने होइनन् । नेहाले क्रिसमस र नयाँ वर्ष २०१९ सेलिब्रेट गर्दै गरेका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

Neha Kakkar message

यस कुराबाट उनले आफू ब्रेकअपको कुरालाई बिर्सिएर नयाँ सुरुवात गर्दै गरेको कुरा समेत दर्शाएकी थिइन् । यससँगै मिडिया तथा उनका फ्यानहरुलाई लागेको थियो, नेहाले तितो अतितलाई बिर्सिएर अगाडि बढ्न खोज्दैछिन् । 

Neha Love

तर त्यसको २ दिनपछि नेहाले यस्तो कुरा सार्वजनिक गरिन् जसका कारण उनका प्रशंसकहरु फेरि दुःखी भएका छन् । नेहाले उनको इन्स्टाग्राम स्टोरीमा आफू अहिले निकै खराब परिस्थितिबाट गुज्रिरहेको र डिप्रेसनको शिकार भएको बताएकी छिन् । 

neha kakkar and himansh kohli

कोहलीसँग नेहा 

हिमांश कोहली र नेहा कक्कडबीचको सम्बन्ध के कुराका कारण टुटेको हो नखुले पनि ब्रेकअप पनि नेहा कक्कडको हालत भने निकै खराब भएको छ ।बलिउडमा सुपरहिट गीत गाएर फ्यानहरुो मन जित्दै आएकी नेहा कक्कड स्वयमको दिल भने उनकै प्रेमीले तोडिदिएपछि उनी डिप्रेसनको सिकार भएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७