विराटनगर जुट मिल्स सन्चालन , ८५ जनाले पाए रोजगारी


१० मंसिर २०७४, आईतवार
biratnagar jutmil

विराटनगर: मुलुकको जेठोे उद्योग विराटनगर जुट मिल्स आइतारबाट सञ्चालनमा आएको छ । नयाँ व्यबस्थापनकाले करिव ३ वर्षपछि मिल पुनःसञ्चालन ल्याएको हो । ०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा बन्द थियो ।biratnagar jutmil

मिल्सका सञ्चालक सदस्य मुकुन्दप्रसाद नेपालले विधिवत रुपमा पूजा गरेर मिलको शुभारम्भ गरेका थिए । विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरी काफ्लेका अनुसार पहिलो चरणमा मिल्समा जुटको सुतली र बोरामात्रै उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

विराटनगर जुट मिल्समा रहेको दुई वटा नयाँ र पूराना मिलमध्ये मध्ये पहिलो चरणमा उद्योग पुरानो मिल्सलाई सञ्चालनमा ल्याएका छ । ३ करोडको लागतमा एउटा मिल सञ्चालन भएको छ । र, थप २ करोड पुँजीको व्यबस्थापन गरेर पुस महिनादेखि दुबै मिलहरु पूर्णरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालक समितिका अध्यक्ष काफ्लेले जानकारी दिए ।

आइतबारवाट सञ्चालनमा आएको मिलले दैनिक ५६ टन उत्पादन जुट गर्नेछ भने ८५ जनाले मिलमा रोजगारी पाएका छन् । ०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐनअनुसार मिल्सले नयाँ व्यवस्थापन पाएको छ ।

नयाँ व्यबस्थापनले आफ्नो अनुकुल मिल सञ्चालनका लागि सरकारको सेयर घटाएर ३३ प्रतिशतमा पुर्‍याएको छ । नयाँ व्यवस्थापनले मिलको पुँजी वृद्धिका लागि यसअघि २५ हजार कित्ता सेयर विक्री गरको थियो । वि।सं। १९९३ मा स्थापना भएको जुट मिल स्थापना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७