प्रा. डा. गोपीकृष्ण उप्रेतीको संयोजकत्वमा अनेसासले बनायो ५ सदस्यीय पुरस्कार समिति


२५ पुष २०७५, बुधबार
Ansas
g]skfsf ;+;bLo bnsf] a}7s afn’jf6f/df z’qmaf/ a;]sf] ;+;bLo bnsf] a}7sdf k|wfgdGqL Pj+ g]skfsf cWoIf s]kL zdf{ cf]nLnufot . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ, २५ पुस । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पुरस्कार समितिले पूर्णता पाएको छ । अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीको अध्यक्षतामा बसेको बैठकले प्रा. डा. गोपीकृष्ण उप्रेतीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

गठित समितिको सदस्यहरूमा शिव लामिछाने, डा. कुमार बस्नेत, दीपा राई पुन र ईश्वरी प्रसाद भट्ट रहेका छन् ।

अनेसासले प्रत्येक २ वर्षमा अमेरिकामा विशेष कार्यक्रमको आयोजना गरी विभिन्न विधाका उत्कृष्ट कृति तथा तिनका स्रष्टाहरूलाई सम्मान सहित पुरस्कृत गर्दै आएको छ ।

अनेसासले स्थापना कालदेखि हालसम्म विभिन्न राशिका १ दर्जन जति पुरस्कार निरन्तर प्रदान गर्दै आइरहेको छ । विश्वभरि साहित्यिक सञ्जाल विस्तार गर्न सफल अनेसासका करिब १ सय च्याप्टरहरू सक्रिय रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७