प्रहरीमा अनौठो उजुरी : ‘एउटी केटीले मुटु चोरी, खोजिदिनु पर्‍यो’


२५ पुष २०७५, बुधबार
love

काठमाडौं, २५ पुस । प्रहरी कार्यालयको नम्बरमा कहिले काँही ‘ब्ल्फ कल’ आउने र अनावशय कुरा गर्ने गरेको कुरा त हामी सबैले सुनेकै हो । अनि कुनै युवाले युवतीको पीछा गरेर दुःख दिएको उजुरी देखे सुनेकै हो ।

love

तर, भारत नागपुर प्रहरीमा एउटा यस्तो उजुरी पर्‍यो, उजुरीका कारण प्रहरी नै चकित परे । भारतको नागपुरका पुलिस त्यतिबेला अलमल्लमा परे जब उनीहरुलाई एक युवकले आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे ।

पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको हो । एक युवतीले ती युवकको मुटु चोरेको र पुलिसलाई त्यो खोजिदिनुपर्ने आग्रह गर्दै रिपोर्ट दर्ता गराउन उनी पुसिल स्टेशन पुगेका थिए ।

एक पुलिस अधिकारीले यो घटनालाई कसरी सल्टाउने भन्दै माथिल्लो तहको सल्लाह लिनुपरेको बताए । उनले भने, ‘पुलिस स्टेशनमा धेरैजसो मानिस आफ्नो हराएको सामान खोजिदिनुपर्ने भन्दै निवेदन दिन आउँछन् तर यसपटक अचम्म भयो । यो समस्या समाधानका लागि हामीले माथिल्लो तहको सल्लाह लियौं ।’

पुलिसका वरिष्ठ अधिकारीले यसबारे ती युवकसँग अनौपचारिक कुराकानी गरेको र उनलाई भारतीय कानूनमा यस्ता समस्यालाई सम्बोधन गर्न कुनै धारा नभएको भन्दै सम्झाए । अन्त्यमा, त्यहाँका पुलिस अधिकारीले ती युवकलाई आफूहरुले उनको समस्या समाधान गर्न नसक्ने बताउँदै फर्काए । यो अचम्मको घटना नागपुरका पुलिस कमिश्नर भुषणकुमार उपाध्यायले गत हप्ता एक कार्यक्रमका बेला साझा गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७