एक घण्टामा अङ्गरक्षक वापस, मुख चल्ने ‘अर्थोक’ नचल्ने ?


२५ पुष २०७५, बुधबार
security 1

काठमाडौं, २५ पुस । मुख मात्र चलाउने, अर्थोक त्यति नचल्नेलाई राज्यका सुरक्षाकर्मी, सवारी साधन दिएर फजुल खर्च गर्नुभन्दा त्यस्तालाई सुविधाविहीन बनाउनुपर्ने आदेशसँगै एक जना बोलक्कड मान्यले एकघण्टे आदेशमा सरकारी सुरक्षा र सवारी सुविधा गुमाएका छन् ।

security 1

१७ गते संसदमा वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारका लागि सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भाषण ठोकेको भोलिपल्टै सर्लाहीबाट जितेका कांग्रेस सांसद अमरेशकुमार सिंहको साथमा रहेका पाँच सुरक्षाकर्मी र गृहबाटै लगिएको गाडी फिर्ता भएको हो ।

उनले त्यसदिन संसदको विशेष समयमा बोल्दै ‘सुशासन र समृद्धिको नारा दिने सरकार यति ठूलो भ्रष्टाचारमा मुछिएको छ, यसमा संयुक्त पार्लियामेन्ट्री कमिटी गठन गर्नुपर्छ र सरकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ’ भनेका थिए ।

उनीसँग नेपाल प्रहरीबाट तीन, सशस्त्रबाट दुई जना सुरक्षाकर्मी र गृहको एउटा गाडी थियो । गृह सचिव प्रेम राईले उनलाई सुरक्षा दिनुपर्ने तर्क के हो भनी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्रका शैलेन्द्र खनाललाई सोधेपछि सर्वेन्द्रले आफ्नो हेड क्वार्टरलाई ‘एक घण्टाभित्र त्योसँग भएको तीन जना केटा हेड क्वार्टरमा तान्नु ।

तानिएनन् भने तपाईंहरु कार्वाहीमा पर्नुहोला..’ भनेका थिए । नभन्दै, एक घण्टापछि अमरेशको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका सबै कर्मचारी फिर्ता भए । लगत्तै, सशस्त्रले पनि गाडी र दुई सुरक्षाकर्मी आफ्नोमा ल्याएको छ ।

amresh

यी अमरेश तिनै व्यक्ति हुन्, जसले भारतमा मनमोहन सिंह प्रधानमन्त्री हुँदा सीधै रिपोर्टिङ गर्ने हैसियत राख्छु भनेर धेरैलाई विश्वास दिलाएका थिए । दिल्लीबाट आउँदा ब्रिफकेशभरी पैसा बोकेर ल्याउँथे । नेपालको अध्यागमनबाट तोकिएको भन्दा बढी रकम बोकेर विदेश जान–आउन पाइँदैन ।

तर, अमरेशले विशेष आदेश गराएर आफूमाथि चेकजाँच नै नहुने व्यवस्था मिलाएको खबर जनआस्थाले छापेको छ । उनी बैंकिङ कारोबार गर्दैनन्, सीधै नगदी काम गर्छन् । भैंसेपाटीस्थित उनको घर कसरी बन्यो भन्ने यो तथ्य हेर्दा उजागर हुन्छ । त्यहाँको सजावटयुक्त बैठक कोठामात्रै झण्डै झण्डै आधा करोडमा बनेको भनिन्छ । उनलाई सरकारले बिना कुनै हैसियत सुरक्षा दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७