सरकारले झुक्यायो कर्मचारीलाई, समायोजनपछि सरुवा नहुने, बढुवामा अवसर


२६ पुष २०७५, बिहीबार
karmachari sarkari psc 768x390 1

काठमाडौं, २६ पुस । कर्मचारीको आधिकारिक ट्रेड युनियनले सरकारसँगको ९ बुंदे सहमतिलाई कर्मचारीहरुको ऐतिहासिक उपलब्धी दावी गरिरहेका बेला सरकारसँगको सहमतिमा कर्मचारीकै हात तल परेको छ ।

karmachari sarkari psc 768x390 1

समायोजन भएर प्रदेश र स्थानीय तहमा जाने कर्मचारीहरुको सरुवा नहुने भएको छ । समायोजन भएर जाने कर्मचारीको सरुवामा कर्मचारी अध्यादेशले देशभर बन्देज लगाई दिएको छ । तर अध्यादेशमा निजामती सेवा र स्वास्थ्य सेवामा देशभरका सबै रिक्त पदमा सम्भाव्य उम्मेद्वार बन्न भने अवसर खुल्ला गरेको छ ।

समायोजन भएर प्रदेश वा स्थानीय तहमा गएका कर्मचारीहरु सरुवा भएर संघमा फर्किने बाटो भने प्रस्तावित मस्यौदाले बन्द गरिएको छ । तर, संघीय निजामती सेवा ऐनको मस्यौदामा समायोजन भएका कर्मचारीहरुको सरुवा स्थानीय तहबाट प्रदेश वा प्रदेशबाट केन्द्रमा हुने प्रावधान राखिएको छैन ।

समायोजन भएर प्रदेश वा स्थानीय तहमा जाने कर्मचारीहरुको मुख्य माग नै निश्चित सेवा अवधिपछि संघमा पनि सरुवा भएर आउन पाउनु पर्छ भन्ने छ । कर्मचारीहरु आधिकारिक ट्रेड युनियनले सरकारसँग ९ बुंदे सहमती गर्दै समायोजनमा भाग लिन कर्मचारीलाई आह्वान गरहेको छ भने सरकारी अस्पतालका डाक्टरहरुले भने ट्रेड युनियनसँगको सहमतीले आफूहरुको समस्या सम्वोधन गर्न नसक्ने बताउँदै आन्दोलन गरिरहेको छ ।

बढुवाका लागि सम्भाव्य उम्मेद्वार निजामती सेवाबाट समायोजन भएका कर्मचारीहरु निजामती सेवाकै लागि मात्र बढुवा हुने पाउने व्यवस्था अध्यादेशले गरेको छ । त्यस्तै स्वास्थ्य सेवाबाट समायोजन भएका कर्मचारीहरु स्वास्थ्य सेवाकै माथिल्लो पदमा मात्र बढुवा हुन पाउने भएका छन् ।

सरकारले हालै ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था बनेको विधेयक’ को मस्यौदा तयार पार्ने काम गरिरहेको छ । अति गोप्य भनिएको उक्त विधेयकको परिच्छेद ४ मा ‘सरुवा र काज’ को व्यवस्था छ । त्यसमा समायोजन भएर गएका कर्मचारीहरु संघमा फर्किने बाटो खुलाइएको छैन ।
यस्तो छ सरुवा व्यवस्था
संघीय निजामती सेवा ऐनको मस्यौदामा लेखिए अनुसार निजामती कर्मचारीलाई सरुवा गर्ने अधिकार तोकिएको अधिकारीलाई हुनेछ । तर, एक मन्त्रालय वा संघीय निकाय वा अन्तर्गतको विभाग वा कार्यालयको कर्मचारीलाई अर्को मन्त्रालय वा संघीय निकाय वा अन्तर्गतको विभाग वा कार्यालयमा मन्त्रालयले सरुवा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७