एनआईसी एशिया बैंकद्वारा ५ लाखको बिमा दाबी भुक्तानी


२६ पुष २०७५, बिहीबार
WhatsApp Image 2019 01 10 at 6.32.09 PM

काठमाडौं,पुस २६ । एनआईसी एशिया बैंक लिमिटेडले ५ लाखको बिमा दाबी भुक्तानी गरेको छ । बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोल्ने स्वर्गीय राज कृष्ण श्रेष्ठको मिति २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएकोमा उक्त खाता खोल्दा ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षतिपुर्ति बापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा रजत कृष्ण श्रेष्ठलाई क्षतिपुर्र्ति बापतको ५ लाखको चेक बैंकले हस्तानतरण गरेको छ ।

बैंकले उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट पौष २६ गतेका दिन बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गर्यो । उक्त कार्यक्रममा राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७