बलात्कार अभियोग लागेका क्रिस्टियानो रोनाल्डोको डिएनए परीक्षण


२७ पुष २०७५, शुक्रबार
ronaldo

काठमाडौं, २७ पुस । चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोसँग अमेरिकाको लस भेगास प्रहरीले डीएनए स्याम्पल माग गरेको छ ।

ronaldo

एक महिलामाथि बलात्कार गरेको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्धाको अनुशन्धानका क्रममा प्रहरीले डीएनए स्याम्पल मागेको हो ।

स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन सिरिए च्याम्पियन युभेन्ट्समा आबद्ध भएका ३३ वर्षीय रोनाल्डोका कानुन ब्यवसायी पिटर एस क्रिस्टिनसेनले पनि लस भेगास प्रहरीले डीएनए स्याम्पल मागेको समाचारको पुष्टि गरेका छन् ।

क्याथरिन मायोर्गा नामक महिलाले सन् २००९ मा लस भेगासस्थित एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । रोनाल्डोले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । रोनाल्डोले मायोर्गालाई बालात्कार गरेको समाचार सबैभन्दा पहिला एक जर्मन साप्ताहिक पत्रिकाले प्रकाशित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७