लेभान्टेसँग बार्सिलोना पराजित


२७ पुष २०७५, शुक्रबार
8375676 6579139 image m 14 1547155276853 0c5o7UiEhz


एजेन्सी पुस २७ । बार्सिलोना स्पेनिस कोपा डेल रे को पहिलो लेगमा पराजित भएको छ । पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग दुई–एकले स्तब्ध भएको हो ।

खेलको चौथो मिनेटमै इरिक काबाकोले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । लगत्तै १८औं मिनेटमा बोर्जा मायोरलले गोल थप्दै लेभान्टेको अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म लेभान्टेले दुई–शून्यको अग्रता कायमै राख्यो । बार्सिलोनाका लागि ८५औं मिनेटमा फिलिपे कोउटिन्होले पेनाल्टीमार्फत गोल गरे ।

कोपा डेल रे को पहिलो लेग अन्तर्गत नै भएको अर्को खेलमा सेभियाले एथ्लिट्को बिल्बाओमाथि तीन–एकको जित निकाल्दा रियल सोसिडाड र रियल बेटिस एक–एकको बराबरीमा रोकिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७