कर्णाली प्रदेशले पनि माघ १ गते सार्वजनिक बिदा दिने


२७ पुष २०७५, शुक्रबार
Karnali Pradesh कर्णाली प्रदेश सरकार
kqsf/ ;Dd]ngdfkm{t a}7sdf lg0f{o ;fj{hlgs s0ff{nL k|b]z ;/sf/sf] laxLaf/ a;]sf] ## cf}+ dlGqkl/ifb\ a}7ssf lg0f{o z’qmaf/ kqsf/ ;Dd]ngdfkm{t ;fj{hlgs ub}{ cfGtl/s dfldnf tyf sfg”gdGqL g/]z e08f/L . tl:j/ M z’/axfb’/ l;+x, ;’v]{t, /f;;

सुर्खेत, २७ पुस । कर्णाली प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

विशेष गरी मगर समुदायले माघे संक्रान्ति र थारु समुदायले माघी पर्वका रुपमा धुमधामसँग मनाउने यो चाडको अवसरमा प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भने,‘मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।’

यसअघि प्रदेश कर्णाली प्रदेश र सुदर सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

यस्तै मन्त्री भण्डारीले आफ्नै संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरिनका साथै सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश युवा परिषद् गठन गर्न बनेको विधेयक, घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक र उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरिएको समेत जानकारी दिए ।

यसैगरी कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्य्विधि स्वीकृत गरिनाका साथै कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाइने जानकारी दिँदै उनले आजैबाट कर्णाली प्रदेशलाई कागजबिहिन गराइएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७