विराटनगरमा मोबाइलको ब्याट्री पड्किएर ७ वर्षी बालकको मृत्यु, एक घाइते


२७ पुष २०७५, शुक्रबार
battery

काठमाडौँ, २६ पुस । मोबाइलको ब्याट्री पड्किएर एक ७ वर्षी बालकको मृत्यु भएको छ ।

battery

विराटनगर– १५ रमजानकी टोलका स्थानीय सुवास मण्डलका ७ वर्षी छोरा अमित मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । भने, त्यसै घटनामा परी राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी पनि घाइते भएकी छन् ।

जाडोका कारण बालबालिकाहरू परालको आगो बालेर ताप्ने क्रममा बेवारीसे रूपमा रहेको ब्याट्री पड्किएको हो । घाइते भएकी राधिकाकुमारीको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी रानी विराटनगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७