उज्वल थापाको नेतृत्वमा विवेकशील साझा पार्टी फुट्यो


२७ पुष २०७५, शुक्रबार
Ujwal Thapa

काठमाडौं, २७ पुस । विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले आफ्नो नेतृत्वमा विवेकशील साझा फुटेको हो ।

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । नयाँ दलको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

वैकल्पिक राजनिति गर्ने भन्दै थापाले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि उज्ज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो ।

थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । यो समूहमा केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।

उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

यसअघि पार्टीमा गम्भीर मतभेद देखिएको थियाे। संयोजक थापाले ‘विवेकशील साझा पार्टी’ गलत बाटोतर्फ गइरहेको निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको प्रतिवेदनमा नेतृत्वमा रहेको मतान्तरका फेहरिस्त उल्लेख गरेका थिए ।

थापाले पार्टीमा असहमति प्रकट गर्दे ७ आरोप लगाएका थिए ।

१. पार्टीले होश र जोसलाई अँगाल्न सकेन

विवेकशील साझा पार्टी उदार नभएर अनुदार भएको थापाको आरोप छ। उनले भनेका छन्,’दल उदार हृदयको हुनुपर्ने तर अहिलेसम्म अनुदार रहिआएको छ। त्यसबाट न जोस न होश भएको पार्टी बन्ने देखिएको छ। न नेतृत्व विकास भएको छ, न उल्लेखनीय संख्यामा नेतृत्व र सदस्यहरु थपिएका छन्। दल संकुचित नीति र निर्णयको बन्धक बनेको छ। दलका धेरै उर्जाशील सदस्य, शुभचिन्त निरुत्साहित र उर्जाहीन बनेका छन्।’

२. परिपाटी बसाल्ने पार्टी बनाउने चासो कम देखिएको

सहभागितामूलक पद्धतिमा नेता कार्यकर्ता सहभागी गराउने वातावरण बनाउन नसकिएको उनले उल्लेख गरेका छन्। उनले भनेका छन्,’पार्टीमा बनाउनु पर्ने सहभागितामूलक पद्धतिहरु र सुसंस्कृत नागरिकमुखी अभियान देखिएको सुनाउने वातावरण बनेको छ। सुनाउने वातावरण बनेको तर सुन्ने र सहभागी गराउने वातावरण बनाउन सकिएको छैन।’

३. दलले गति लिन नसेकेको र ढंग पनि पर्याप्त नदेखिएको

नागरिकले प्रत्यक्ष देख्न सक्ने समाज सेवामुखी अनि मूल्यमान्यतामा केन्द्रित राजनीतिलाई पृथकताको मूल कारण बनाउनु पर्नेछ। ‘ढंग मिलाएर बल्ल गति लिइन्छ’ भन्ने बुझ्नु पर्छ। अहिले दलको केन्द्रीयदेखि अरु नेतृत्वमा समाजका प्रवुद्ध व्यक्तिहरु नआएका वा आउने वातावरण बनेको छैन। समाजमा विभिन्न कालखण्डमा नायक भनेर चिनिएका र आफूलाई प्रमाणित गरिसकेका व्यक्तिहरुलाई पनि उहाँहरुको जायज आकांक्षालाई संवोधन गरी पार्टीमा रहने वा पार्टीलाई सहयोग गर्ने वातावरण नै सिर्जना भएको छैन।

४. चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको

सहभागितामूलक, समन्वयकारी परिपूरक नेतृत्वहरुद्वारा दल संचालित हुनु पर्नेमा झनै सीमित नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण भएको स्थिति छ। दल भित्रका सदस्यहरुलाई जिम्मेवारी दिन चरम हिचकिचाहट वा अनुदारले दल हराएको जस्तो देखिएको छ। दल कहाँ हरायो रु भन्ने प्रश्नहरु आम नागरिकबाटै आउन थालेका छन्।

५. डरको राजनीति हावी भएको

डरको राजनीति दलभित्र छिरेपछि क्रमशः निषेधको राजनीति भित्रिने माहोल भएको र आस्थाको राजनीति हराइरहेको छ। नेतृत्वमा अँध्यारोमा भूत देख्ने परिपाटीले व्याप्त र चरम शंकालु प्रवृति कुसंस्कार बन्दै प्रदेश तथा जिल्ला तहमा पनि फैलिन थालेको छ। उर्जाशील सदस्यहरुमा आ–आफ्नो बिगत र पृष्ठभूमिको आधारमा आफूमाथि विभेद भएको हो किरु, पदरजिम्मेवारी बिमुख गरिएको हो भन्ने शंका दिनपरदिन बढ्दै गएको छ।

६. सिरियल सर्किटमा चल्न रुचाउने प्रवृति हावी भएको

समग्रमा दल सिरियल सर्किट ९एकैपटक विभिन्न कामहरु समानान्तर० ढंगले चल्ने पद्धतिको विकास हुनु पर्नेमा एकदमै सिरियल सर्किटमा चलिरहेको जस्तै विभिन्न कार्यक्रम र अभियानहरु एकैचोटी दलका विभिन्न विभागरएकाइहरुले चलाई राख्नुपर्नेमा खाली एउटै काम त्यो पनि सीमित नेतृत्वको गति र ढंगमै चल्नुपर्ने परिस्थितिको सिर्जना गरिएको छ। जसबाट दलको गतिविधि आम नागरिकमाझ नै देखिएको छैन। दलले वृहत्तर विषयलाई परस्पर सम्बोधन गर्न नसकेको व्यापक जन गुनासो छ।

७. कमजोरीमा केन्द्रीत वातावरण बनेको

आपसी विश्वासलाई घटाउँदै जाने नेतृत्वका कतिपय निर्णयहरु र व्यवहारले गर्दा व्यक्तिगत उत्कृष्टता भए पनि सामूहिक रुपमा असफलताको स्थिति सिर्जना भएको छ। समय, उर्जा दिन सक्नेलाई पनि बेवास्ता गरिएको वा शंकाले हेरिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७