दरवार मार्गको राइजिङ हलमा चलचित्र ‘थात्थलो’ प्रर्दशन हुँदै


२७ पुष २०७५, शुक्रबार
thatthalo

काठमाडौं, २७ पुस । हङकङको सफल पर्दशनपछि पौष २८ गते दरवार मार्गस्थित राइजिङ हलमा नेपाली कथानक चलचित्र ‘थात्थलो’ लाग्ने भएको छ ।

खगेन्द्र पन्धाक लिम्बूको लेखन तथा निर्दैशनमा रेन्बो रेज म्युजिक प्रा.लि.को ब्यानरमा निर्मित ‘थात्थलो’ मा बिबी लिम्बूले प्रमुख सहायक निर्देशनको काम गरेका छन् भने किशोर कुमार लिम्बू, सिता कुमारी तुम्बापो र खगेन्द्र पन्धाक लिम्बू निर्माता रहेका छन् ।

चलचित्रका लेखक तथा निर्देशक खगेन्द्र पन्धाक लिम्बूले यो थात्थलो चलचित्र पूराना शैलीको कथामा बन्ने चलचित्रहरूको भीडमा बहूल चरित्र र पात्रहरू बोकेर फरक तथा ठेट धारमा बनिइएको बताए ।

बहुप्रतिक्षित यो चलचित्रमा सुमी लिम्बू, कञ्चन थलङ, किशोर कुमार लिम्बू, सज्जन श्रेष्ठ, आयुशा लिम्बुखिम, नबिन लिम्बू, सिता कुमारी तुम्बापो, सन्जय लिम्बू, दुर्गा लिम्बू (पन्धाक(, जयसन लिम्बू आदिको प्रमुख भूमिका रहेको छ ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङका उच्च पहाडी सुन्दर क्षेत्रमा छायाङ्कन गरिएको यो चलचित्र खगेन्द्र पन्धाक लिम्बू, बिबी लिम्बू, नबिन लिम्बू र सन्जय लिम्बूले छायाङ्कन गरेका छन् । ड्रोन छायाङ्कन मेघराज मगरातीको रहेको छ । खगेन्द्र पन्धाक लिम्बू, बिबी लिम्बू र पर्शु लिम्बू (थलङ)को सम्पादन रहेको छ ।

शब्द सङ्गीत पनि खगेन्द्र पन्धाक लिम्बूले नै गरेका हुन् भने अबिर लिम्बू (पन्धाक), अमृता सम्बाहाम्फे लिम्बू, सुस्मा लिम्बू र सञ्जय लिम्बूको पार्स्वगान रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७