यौनकाण्डमा विवादित धर्मगुरु गुरमित रामरहिम पत्रकार हत्यामा दोषी ठहर


२८ पुष २०७५, शनिबार
guru

नयाँदिल्ली, २८ पुस । भारतका विवादास्पद तथा शक्तिशाली धर्मगुरु गुरमित रामरहिम सिंह एक जना पत्रकार हत्याको घटनामा दोषी ठहर भएका छन् ।

guru

आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकाले सिंहले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीको हत्या गरेको अदालतले ठहर गरेको हो ।

संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० बर्षको जेल सजाय सुनाइसकेको छ । अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ ।

उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो । सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घर बाहिर हत्या भएको थियो ।

सिंहलाई आजीवन काराबाससम्मको सजाय हुन सक्ने बताइएको छ । यसअघि सन् २०१७ मा भएको बलात्कारसम्वन्धी फैसलापछि उनका समर्थकहरू विरोधमा उत्रिँदा भएका झडपमा परी झण्डै ४० जना घाइते भएका थिए । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७