सर्वोच्चको पत्र पर्खदै राष्ट्र बैंक


२८ पुष २०७५, शनिबार
NRB 10XiRhKN0k

काठमाडौं, २८ पुस । व्यावसायी अजय सुमार्गी खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालबाट पत्र आएपछि पक्रियाअघि बढाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

NRB 10XiRhKN0k

सुमार्गी संचालक रहेको मुक्तिश्री सिमेन्टको उद्योगका नाममा इन्भेस्टमेन्ट बैंकमा रहेको खातामा जम्मा रकम शंकास्पद देखिएकाले उनले निकालेको पैसा फिर्ता गर्ने सर्वोच्चले आदेश दिइसकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजालसले न्यायाधीश दीपकराज जोशीबाट भएको अन्तरिम आदेश बिहीबारदेखि खारेज गर्दै बैंकबाट सुमार्गीले झिकेको रकम फिर्ता गर्न राष्ट्र र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो ।

संयुक्त इजलासले सुमार्गीले खातामा जम्मा गराएको रकम शंकास्पद भएकाले सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गन अनुसन्धान गर्नु पर्ने भनेको छ ।

जोशीले खातामा रहेको रकम रोक्का नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका बेला सुमार्गीले इन्भेस्टमेन्टबाट पैसा झिकेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७