वानपिसमा जसिताको सुन्दरता


२८ पुष २०७५, शनिबार
jasita

काठमाडौं, २८ पुस । अभिनेतामा अहिलेका ‘हटकेक’ प्रदीप खड्कासँग काम गर्ने हिरोइनको मिडियामा सँधै चर्चा हुने गर्छन् । सायद यसैकारण भनिएको होला प्रदीपसँग काम गरेपछि हिरोइनको भाग्य चम्किन्छ । एक उदाहरण जसिता गुरुङ हुन् । फिल्म ‘लिलिबिली’ मा उनी लिड रोलमा थिइन् । फिल्ममा उनी प्रदीपमाथि नै हाबी देखिएकी थिइन् ।

jasita

यो फिल्मपछि अहिले उनलाई अभिनेत्री साम्राज्ञी आरएल शाहको विकल्पको रुपमा हेर्न थालिएको छ । धेरै फिल्ममेकर्स उनलाई हिरोइन लिएर फिल्म बनाउन लालायित छन् । केही ठूलो ब्यानरको आँखा उनीमाथि छ । तर, उनीमाथि प्रदीपको सिन्डिकेट रहेको बताइन्छ । कारण, उनीहरु प्रेममा रहेको चर्चा छ ।

‘लिलिबिली’ मा सर्वा्धिक रुचाइएको प्रदीप र जसिताको जोडीलाई पुनः पर्दामा हेर्ने दर्शकको निकै ठूलो इच्छा थियो । फलस्वरुप उनीहरुले दोस्रो पटक फिल्म ’लभ स्टेशन’ मा सहकार्य गरे । भेट्रान निर्देशक उज्जवल घिमिरेले फिल्म निर्देशन गरेका छन् । फिल्मको केही प्रतिशत छायांकन अझै बाँकी छ । रिलिज भने अन्यौलमा छ ।

‘लिलिबिली’ रिलिज लगत्तै अभिनेत्री जसितालाई फिल्म ’छक्का पञ्जा ३’ अफर भएको थियो । तर, प्रदीपले ’नगर्न’ भनेपछि उनले छाडिन् र उनको ठाउँमा दीपक(दीपाले दीपिका प्रसाइँलाई भित्राए । प्रदीपको छत्रछाँयामा रहेर अगाडि बढिरहेकी जसितालाई निर्देशक रेनशा वान्तवा राईले फिल्म ‘आई एम ट्वान्टि वान’ अप्रोच गरेकी छन् ।

उक्त फिल्ममा फाइनल भइसकेका अभिनेता धिरज मगर पूर्वप्रेमी भएका कारण उनले यो फिल्म गर्न सक्ने सम्भावना निकै न्यून छ । तर, रेनशा र जसिताबीच फिल्मलाई लिएर पटक(पटक कुरा भइसकेको छ । हालै यूकेमा समेत भेट भएको थियो । ’इन्टु मिन्टु…’ को विशेष प्रदर्शनमा धिरजसँगै जसिताले तश्बिर समेत खिचाएकी थिइन् ।

डेब्यु फिल्मबाटै सौन्दर्य र अभिनयको वाहवाही बटुलेकी जसिता सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनी प्रायः इन्टाग्राममा एक्टिभ रहने गर्छिन् । उनले केही दिनको अन्तरमा आफ्नो ’लेटेस्ट’ फोटोहरु साझेदार गरिरहेकी हुन्छिन् । हालसालै उनले निकै बोल्ड तश्बिरहरु इन्टाग्राममा शेयर गरेकी छिन् । तस्बिरमा उनलाई जिरो फिगरमा देख्न सकिन्छ ।

कालो रंगको वान पिसमा उनलाई निकै सुन्दर देखिएको छ । सामाजिक सञ्जालमा उनलाई फलो गर्ने हजारौं छन् । इन्टाग्राममा मात्र उनलाई ६७ हजार बढीले पछ्याउँछन् । फेसबुकमा पनि हजारौंले फलो गर्छन् । प्रदीपसँग जोडी फिट मानिने उनलाई अन्य अभिनेतासँग पनि स्क्रिन साझेदारी गरेको हेर्ने दर्शकको व्यग्र चाहना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७