शारीरिक सम्वन्धबाट कसरी पाउने उच्चतम सन्तुष्टी ?


२८ पुष २०७५, शनिबार

काठमाडौँ,यौन मानव जीवनको आधारभूत आवश्यकता हो । स्वास्थ्यविद्हरुले स्वस्थ जीवनका लागि यौनसम्वन्ध अर्थात् सम्भोगलाई पनि महत्वपूर्ण मान्ने गर्छन् ।

यौनजीवनमा सन्तुष्ट नभएका मानिसहरुको दाम्पत्य सम्वन्ध नै असफल भएका कैयन उदाहरण छन् । विभिन्न कारणले यौन वा शारिरिक सम्पर्कका बेला समस्या निम्तने गर्छन् । यसले सन्तुष्टीमा असर पुर्‍याउँछ । गम्भीर सम्भोगका लागि पुरुष(महिला दुबैको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य राम्रो हुनुपर्छ ।

गहन सम्भोगको लागि स्वास्थ्य

स्वस्थ सम्भोगको लागि स्नायु प्रणाली पनि स्वस्थ रहन जरुरी हुन्छ । यसको परिणाम सम्भोग अविस्मरणीय एवं आनन्दित हुन्छ । त्यस्तै, स्वस्थ मुुटु र रक्तसञ्चार प्रणालीले उत्तेजनालाई लामो समयसम्म कायम राख्न सहयोग गर्छ । तसर्थ तनावरहित गहन विश्रामले स्नायु प्रणाली, मुुटु र रक्तसंचार प्रणालीलाई स्वस्थ बनाउन भूमिका खेल्छ ।

यौन शक्ति बढाउन व्यायाम

हालै अमेरिकामा भएको अनुसन्धानले नियमित व्यायाम गर्ने पुरुषमा यौनसम्बन्धि समस्या कम हुने देखाएको छ । नियमित व्यायामले महिलाको यौन शक्ति बढाएको पनि अनुसन्धानको निस्कर्ष छ ।

ब्यायामले प्रजनन अंगको रक्तसञ्चारलाई बढाउने काम गर्छ । टेस्टोस्टेरोन हर्मोनको मात्रा पनि बढ्छ, जसको कारण उत्तेजना वृद्धि हुन्छ र सम्भोग चरमोत्कर्षमा पुग्छ । त्यसैले व्यायामसँगै पौडी खेल्ने, योग, नृत्य आदि गतिविधि गर्न सकिन्छ । ब्यायाम यसरी नै गर्नु पर्छ भन्ने कुनै नियम त छैन । तर, दैनिक आधा घण्टासम्मको व्यायामले यौन स्वास्थ्यमा ठूलो भूमिका खेल्छ ।

खानाको महत्वपूर्ण भूमिका

हामीले खाने खानामा फलफूल र तरकारीको मात्रालाई बढाउनुपर्छ । त्यस्ता खानाको उपभोग गर्नुपर्छ जसमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । त्यस्तो खानाले स्नायु र मुटुलाई स्वस्थ र बलियो बनाउने काम गर्छ ।

बोसोजन्य, दुधजन्य पदार्थ, जंक फुडजस्ता खाद्यपदार्थको उपभोगलाई घटाउनुपर्छ । किनकी यस्ता खाद्यपदार्थमा एन्टिअक्सिडेन्टको मात्रा कम हुन्छ, जसले मुटुको धमनीहरुलाई साँघुरो बनाउँदै लैजान्छ र प्रजनन अंगको रक्तसञ्चारमा बाधा उत्पन्न गर्छ । साउथ कोरिया विश्वविद्यालयले ३ हजार २ सय ५० पुरुषहरुमा गरेको अनुसन्धानबाट कोलस्ट्रोलको मात्रा बढेका पुरुषहरुलाई यौन समस्या हुने निष्कर्ष निकालेको छ । त्यसैले खानामा बोसो, चिल्लोलाई कम गरी सलादको प्रयोग बढाउनुपर्छ ।

थकानको कारण

मोटोपना भएका मानिसले पनि यौन सम्पर्कबाट सन्तुष्टी प्राप्त गर्न गाह्रो पर्छ । यसले सेक्स पार्टरलाई पनि असजिलो पार्छ । मोटो पुरुष र महिला सम्भोगको बेला छोटो समयमै थकित हुने समस्या हुन्छ । त्यसैले विस्तारै आफ्नो मोटोपनालाई कम गर्नु वाञ्छनीय छ ।

यौन स्वास्थ्यमा तनावको असर

तनाबले यौन समस्यालाई थप बढाउँछ । यसले प्रजनन अंगमा रक्तसञ्चार हुन कम हुनुका साथै टेस्टोस्टेरोन हर्मोनको सक्रियतालाई समेत कम गर्छ । तनावले मानसिक समस्यालाई बढाउँदछ र यौन क्षमतालाई घटाउँछ । त्यसैले तनाव व्यवस्थापनका लागि ब्यायाम, योग, ध्यान, प्राणायाम, नृत्य, संगीत सुन्ने बानी बसाउनुपर्छ ।

मध्यपान र धुम्रपान त्याग

बढि धुम्रपानले यौन क्षमतामा ह्रास ल्याउने थुप्रै अनुसन्धानले पुष्टि गरिसकेका छन् । धुम्रपानले यौन इच्छामा समेत कमी ल्याउँछ । यस्तै अत्यधिक मदिराको सेवनले फेरि स्नायु प्रणालीलाई शिथिल बनाउने काम गर्छ । कतिपय पुरुषले मदिरा सेवनपछिको सम्भोग आनन्ददायक हुने बताए पनि बैज्ञानिकहरुले भने मदिरा सेवनले यौनांगलाई शिथिल बनाउँदै लैजाने बताउँछन् । त्यसैले सकेसम्म मदिरा सेवन गर्नु हुँदैन । यदि खानैपर्ने अवस्था भएमा रेड वाइन तुलनात्मक रुपमा राम्रो हुन्छ ।

गहिरो निद्रा

अपर्याप्त निद्राले शरीरको उर्जामा कमी ल्याउने काम गर्छ । यसले गर्दा शारीरिक कमजोरीको पनि महसुस हुन्छ । त्यति मात्र होइन, पुरा ननिदाउँदा टेस्टोस्टेरोन हर्मोनको सक्रियतामा कमी आउँछ र यौन क्षमतामा नकारात्मक असर पर्छ । त्यसैले गहन सम्भागको लागि गहन निद्रा पनि महत्वपूर्ण छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७