पूर्व उपप्रधानमन्त्री अधिकारी अस्वस्थ, अस्पताल भर्ना


२८ पुष २०७५, शनिबार
Bharatmohan Adhikari

काठमाडौं, २८ पुस । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् ।

Bharatmohan Adhikari

छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भँंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिए ।

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको उनले बताएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटक पटक उपचार भइरहेको छ । उनको डा. राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७