एभरेष्ट बैंकमा खाता खोले ५ लाखको बीमा सुविधा पाइने


२८ पुष २०७५, शनिबार
1547212565ebl


काठमाडौं,एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्दै दुई नयाँ बचत खाता योजना संचालनमा ल्याएको छ।

द ओरियन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको बैंकले मातृभूमी बचत खाता र कर्पोरेट स्यालरी खाता संचालनमा ल्याएको छ। यी दुईमध्ये कुनै खाता खोल्नेले ५ लाखसम्मको बीमा सुविधा पाउने बैंकले जनाएको छ।

1547212565ebl

बैंकले हालसम्म ग्राहक संख्या १० लाख भन्दा बढि रहेको जनाएको छ। हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ।

बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७