प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी उपाधि


२८ पुष २०७५, शनिबार
coas chief

काठमाडौं, पौष  २८ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

coas chief

भारत भ्रमणमा रहेका थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरे।भारतीय सेना प्रमुख र नेपालका सेना प्रमुखलाई दुवै देशले मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिने परम्परा रहि आएको छ।

प्रधानसेनापति शुक्रबारदेखि एक हप्ता लामो भारत भ्रमणमा छन्। प्रधानसेनापतिको नियुक्ति पश्चात् उनको यो पहिलो भारत भ्रमण हो।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा साउथ वेस्टन कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने छन्।

#PresidentKovindconfers the Honorary Rank of General of the Indian Army on General Purna Chandra Thapa, Chief of Army Staff, Nepalese Army, for his military prowess and contribution to fostering Nepal’s long and friendly association with India.

50068686 2186729091646532 3898344409292341248 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७