भारतीय हाकिमको दबाबमा नेपालीलाई जागिरबाट निकालियो


२९ पुष २०७५, आईतवार
himalay tarminal

बीरगंज, २९ पुस । बीरगंज सुख्खा बन्दरगाह संचालन गर्ने कम्पनी हिमालयन टर्मिनल प्रालिमा कार्यरत रामबाबु साहलाई विनाकारण जागिरबाट निलम्बन गरिएको छ । हिमालय टर्मिनल प्रालिमा नेपाल सरकारको २० प्रतिशत सेयर छ । २० प्रतिशत नेपाली नागरिक रासबिहारी रौनियारको छ ।

himalay tarminal

भारतीय कम्पनी कंकरको ६० प्रतिशत सेयर रहेको छ । त्यो कम्पनीमा सन् २००९ अक्टुबरदेखि कार्यरत साहलाई सन् २०१८ सेप्टेम्बर ६ को बोर्डको निर्णय भन्दै निलम्बन गरेपछि उनी न्याय माग्दै श्रम कार्यालयदेखि विभिन्न निकायमा धाइरहेका छन् । यसरी नेपाली मजदुरलाई विनाकारण निकाल्ने काम सीईओ विष्णुकान्त चौधरीले गरेका छन् । चौधरी भारतीय नागरिक हुन् । साहले सुख्खा बन्दरगाहमा भ्रष्टाचार गरेकोबारेमा आवाज उठाएपछि उनलाई निलम्बन गरिएको गुनासो गरे । नेपाल सरकारको समेतर सेयर रहेको टर्मिनलको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गर्न लागेकाले आफूले आवाज उठाएको साहले बताउने गरेका छन् । हिमालय टर्मिनलमा ३ जना भारतीय संचालक छन् ।

नेपाली सेयरधनीको तर्फबाट पप्पु कन्ष्ट्रक्सनका मालिक तथा निलम्बित सांसद हरिनारायण रौनियारका सम्धी रासबिहारी रौनियार छन् । भारतीयले साहलाई अन्यायपूर्वक निलम्बन गर्दा रौनियारले समेत उनको पक्षमा नबोलेको साहले गुनासो गरेका छन् ।

हिमालय टर्मिनलका सीइओ चौधरी, गोदाम इन्चार्ज मानकीप्रसाद यादव र वित्तीय प्रबन्धक अभिनेष कुमार र श्रम युनियनका सभापति, सटर ठेकेदारसँग मिलेर करोडौं रुपैयाँ भ्रष्टाचार गरेको समाचार छ । यसरी भ्रष्टाचार गरेको उजुरी तेजुलाल राउत कुर्मीले टर्मिनल संचालनको जिम्मा लिएको दिल्लीस्थित कन्करका प्रमुख भिजिलेन्सलाई सन् २०१८ मार्च १८ मा दिएका थिए ।

दिल्लीबाट छानबिन गर्न टोली आयो । करोडौं अनियमितता पनि फेलापा¥यो । तर सीइओ चौधरी, गोदाम इन्चार्ज यादव र वित्तीय प्रमुख अभिनेषकुमारले भित्रभित्रै छानबिन टोलीलाई प्रभावमा पारी उक्त अनियमितता ढाकछोप गरेका छन् । हिमालय टर्मिनलमा भएको अनियमितताका सम्बन्धमा इन्टरमोडल यातायात विकास समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै उजुरी पनि परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७