नेपालको लगातार दोस्रो जीत, जितसँगै सेमिफाइनल नजिक


२९ पुष २०७५, आईतवार
nepali womens cricket

काठमाडौं, २९ पुस । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार तेर्थाई क्रिकेट मैदानमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

प्रतियोगितामा जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । थाइल्याण्ड क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर तीन बलमा ६१ रनमा अलआउट भयो । मलेसियाका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

नेपाल विरुद्ध राम्रो सुरुवात गर्न नसकेको मलेसियाको स्कोर ५ रन हुदा पहिलो विकेट झर्यो । त्यसपछि नेपालले मलेसियाको स्कोर २४ रन हुँदा दोस्रो विकेट लिन सफल भयो । कसिलो बलिङ सामु मलेसियाले २७ रनमा चार विकेट खेर फाल्यो । नेपालका लागि नेरी थापाले एकै ओभरमा दुई खेलाडीलाई पेभेलियनको बाटो देखाइन ।

मलेसियाका लागि युजरीना याकोपले ११ रन बनाइन भने सियो जीन इ ले १२ तथा मास एलसिा यासमिनले नौ रन बनाइन । त्यसपछि अरु २४ रन थप्दा मलेसियाले सात विकेट गुमायो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को रुपमा आउट भए । बलिङमा नेपालकी सरिता मगरले चार तथा नेरी थापा, कविता कुवँर र इन्दु बर्माले एक एक विकेट लिइन ।

जवाफमा नेपालले १६ ओभर दुई बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । नेपालले पनि सुरुवात भने राम्रो गर्न सकेन । १४ रन हुदा पहिलो विकेट गुमाएको नेपालको जितमा सिता रानामगरले १६, रोमा थापाले २०, काजल श्रेष्ठले ६ र ममता चौधरीले नौ रनको योगदान गरिन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७