समायोजनमा भाग नलिने कर्मचारीलाई हटाइन्छ : मन्त्री पण्डित


२९ पुष २०७५, आईतवार
lalbabu pandit

मोरङ, २९ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा नआउने कर्मचारीहरूलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने चेतावनी दिएका छन् ।

lalbabu pandit

विराटनगरमा शनिबार साँझ पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले समायोजनमा नआउने कर्मचारीहरूलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने सरकारले तयारी गरेको बताएका हुन् ।
उनले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई हटाउन आफूहरु बाध्य हुने बताए ।

मन्त्री पण्डितले कर्मचारी हटाइएपछि खाली हुने दरबन्दी पूर्तिका लागि लोकसेवा आयोगलाई छोटो प्रक्रियाबाट कर्मचारी पदपूर्ति गर्न दिइने जानकारी दिए ।

उनले तीनै तहमा गरेर कुल १ लाख ३८ हजार कर्मचारीहरु आवश्यक रहेको र माघ २ गते पछि समायोजन प्रक्रियालाई प्रशोधन गर्न दुई–तीन दिन लाग्ने जानकारी दिँदै त्यसपछि २१ दिनभित्र सम्बन्धित ठाँउमा नजाने कर्मचारीलाई हटाउने स्पष्ट पारे ।

मन्त्री पण्डितले प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गरिएको जानकारी दिँदै प्रदेश लोकसेवा आयोग गठन नभए सम्म संघीय लोकसेवा आयोगबाटै कर्मचारी पदपूर्ति गरिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७