फिल्म बनाउँदै प्रियंका कार्की


२९ पुष २०७५, आईतवार
priyanka karki

काठमाडौं, २९ पुस । अहिलेको सर्वाधिक लोकप्रिय अभिनेत्री प्रियंका कार्की अब निर्मात्रीको रुपमा उदाउँदैछिन् ।

priyanka karki

उनका समकक्षी ऋचा शर्मा, केकी अधिकारी, निशा अधिकारीलगायत निर्मात्री बनिसकेको अवस्थामा अब संसारको सबैभन्दा जटिल काम मानिने फिल्म मेकिङमा उनी पनि हात हाल्दैछिन् ।
सम्भवतः अर्को वर्ष उनी आफ्नो होम प्रोडक्सनबाट फिल्म बनाउने छिन् ।

अहिले कथामा काम भइरहेको प्रियंका बताउँछिन् । हाल ‘हजार जुनीसम्म’ मा व्यस्त उनको निर्माण रहने फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्ने फाइनल भइसकेको छ । ‘तान्द्रो’, ‘लेटर’, ’साढे सात’ लगायतका फिल्म उनले निर्देशन गरिसकेका छन् ।

हालै फिल्म ‘अनागत’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रियंकाले आफ्नो निर्माण रहने फिल्मलाई साम्तेनले निर्देशन गर्ने कुरामा सत्यता रहेको बताइन् । उनले भनिन्, ‘हो, हामी सहकार्य गर्दैछौं । अहिले कथामा काम भइरहेको छ । उसले सुनाएको कन्सेप्ट निकै मनपरेका कारण फिल्म बनाउन तयार भएको हुँ ।’

निर्देशक भुटियाको निर्देशनमा प्रियंकाले ‘अनागत’ मा काम गरिसकेकी छन् । यो फिल्म माघ ११ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्देशक भुटियाको काम गर्ने शैलीबाट आफू प्रभावित भएको उनले बताइन् । उनी भन्छिन्, ’डार्क, सस्पेन्स र हरर होइन । एकदमै साधारण फिल्म बनाउँदैछौं । तर, अहिले नै यस विषयमा भन्नु उचित नहोला ।’

दुईको ट्यूनिङ मिल्ने भएर पनि सहकार्य सम्भव भएको प्रियंकाको भनाइ छ । निर्देशक भुटियाको प्रशंसा गर्दै प्रियंका भन्छिन्, ‘उसले देखेको क्यारेक्टर र लेखेको स्क्रिनप्ले फिल्ममा उतार्न पनि आवश्यक पर्दैन । उसले स्क्रिप्टमा नै भिजुअल देख्छ । र, उसले सुनाउँदा म पनि सँगसँगै देख्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७