सडकको विज्ञापन बोर्डमा पोर्न फिल्म चलेपछि मच्चियो तहल्का


२९ पुष २०७५, आईतवार
hoding

काडमाठौं, २९ पुस । प्रविधिले कहिलेकाहीं ठूलो धोका दिन्छ, कि धेरैलाई लाजमर्नु पार्ने मात्र होइन धर्म संकटमै पार्दछ ।

hoding

चीनमा हालै यस्तै भएको छ । सडक किनारामा रहेको विज्ञापन चलिरहने होर्डिङ बोर्डको स्क्रिनमा एक्कासि पोर्न फिल्म चलेपछि त्यहाँ ठूलै तहल्का मच्चियो । उक्त पोर्न भिडियो सार्वजनिक स्थानको त्यो स्क्रिनमा लामै समयसम्म चलिरह्यो । बटुवाहरुले त्यसको फोटो तथा भिडियो खिचिरहे । करीब ९० मिनेटसम्म त्यो भिडियो चलिसकेपछि मात्र त्यसलाई बन्द गरियो ।

चीनको लियांग सहरस्थित जियांसू इलाकामा यस्तो घटना भएको हो । रातको समयमा सडक किनाराको स्क्रिनमा पोर्न फिल्म चलेको थियो । समाचार अनुसार सडक किनाराका विज्ञापन स्क्रिनहरुमा विज्ञापनका भिडियोहरु चलाउने कर्मचारीले रातको समयमा एउटा गल्ती गरे ।

सडक किनाराको त्यो विज्ञापन स्क्रिन कन्ट्रोल रुमबाट बन्द गरेर कम्प्युटरमा पोर्न फिल्म हेर्ने उनको प्रयास रहेछ । तर भुलबस उनले विज्ञापन स्क्रिन र त्यो कम्प्युटरबीचको कनेक्सन अफ गर्न बिर्से । जसका कारण उनले कम्प्युटरमा चलाएको पोर्न फिल्म उनको कम्प्युटरको स्क्रिनमा मात्र होइन सडक किनाराको स्क्रिनमा पनि चलिरह्यो ।

जसका कारण सडकमा रातको समयमा हिंड्ने मानिसहरुलाई निकै असहज भयो । कतिपयले चाहिँ फोटो तथा भिडियो खिचेर सोसल मिडियामा अपलोड समेत गरे । झण्डै ९० मिनेटपछि आफ्ना सहकर्मीमार्फत् सडकको स्क्रिनमा पोर्न फिल्म चलिरहेको भन्ने जानकारी पाएपछि मात्र उनी झसँग भए र हतपत कम्प्युटरमा चलाइरहेको पोर्न फिल्म बन्द गरे । समाचार अनुसार ती कर्मचारीमाथि पुलिसले अनुसन्धान गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७