अब कर्मचारीको ६ प्रतिशत तलव सरकारले काट्ने


२९ पुष २०७५, आईतवार
karmachari staff covil wNY50lo5Zy 1

काठमाठौं, २९ पुस । सरकारी कर्मचारीहरुले महँगी अनुसार तलव र सेवा सुविधा कम भइरहेको गुनासो गरिरहेका बेला सरकारले भने अब कर्मचारीको निश्चित तलव काट्ने भएको छ ।

karmachari staff covil wNY50lo5Zy

सरकारले अब कर्मचारीको ६ प्रतिशत तलव काट्ने भएको छ । प्रतिनिधिसभाले निवृत्तिभरण कोषलाई व्यवस्थित गर्न बनेको विध्येक पारित गरेको छ । पेन्सनमा सरकारी दायित्व कम गर्ने भन्दै सरकारले योगदानमुलक पेन्सन प्रणाली लागू गर्ने भन्दै ल्याएको उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणित भएपछि लागू हुनेछ ।

यो ऐन लागू भएपछि नियुक्त हुने कर्मचारीहरुले पेन्सनमा योगदान गर्नुपर्ने छ । हालसम्म सरकारलेमात्र योगदान गरिरहेको उक्त कोषमा कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत र त्यत्ति नै रकम सरकारबाट थप गरिएपछि कोष बन्ने छ ।

यो व्यवस्था लागू भएपछि कर्मचारीबाट कटौती भएको ६ प्रतिशत रकम बराबर नै सरकारले थपेर कोष बनाउने छ। सोही कोषबाट कर्मचारीलाई पेन्सनको व्यवस्था हुनेछ । सो कोषमा जम्मा भएको रकम विभिन्न क्षेत्रमा लगानी समेत गर्न सकिने भएकाले यसबाट आर्थिक विकासमा समेत टेवा पुग्ने सरकारको विश्वास छ ।

हालसम्म सरकारले नै पेन्सनको सम्पूर्ण रकम व्यवस्था गर्दै आएको थियो। जुन व्यवस्थाले आर्थिक भार थेग्नै नसक्ने अवस्था आउन थालेपछि योगदानमा आधारित निवृत्तिभरण व्यवस्था लागू गर्ने तयारी भएको हो ।

यसअघि बजेट वक्तव्यमार्फत सरकारले योगदानमा आधारित निवृत्तिभरण व्यवस्था लागू गर्ने घोषणा गरेको थियो । वर्षेनी पेन्सनका लागि जाने रकममा ठूलो बृद्धि हुँदै गएपछि सरकारले नयाँ व्यवस्था गर्ने भएको हो । गत आर्थिक वर्षमा पेन्सनका लागि ४० अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ । साढे २ लाख कर्मचारीले सो रकम बुझेका छन्। अघिल्लो वर्षमा ३७ अर्ब ९ करोड रुपैयाँ खर्च भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७